काठमाडौं– संयुक्त राष्ट्र संघको ७३ औँ महासभाका औपचारिक कार्यक्रमहरु मंगलबार बाट शुरु हुँदै छन्। महासभा अन्तर्गत दुई सातासम्म विभिन्न सत्रमा छलफल हुनेछ।
महासभा अन्तर्गत विभिन्न विषयमा २७५ वटा कार्यक्रमहरु हुने छन्।
महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएका छन्।
उनी शनिवार न्युयोर्क जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाकारी दिएको छ। यद्यपि मन्त्रालयले आधिकारिक रुपमा प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासभामा प्रधानमन्त्री ओलीले संबोधनका क्रममा अतिकम विकसित राष्ट्र र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालय अधिकारीका अनुसार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलमा कम्तीमा २० सदस्य हुने छन्।
FACEBOOK COMMENTS