काठमाडौं, ९ फागुन- नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्रीको तर्फबाट सर्बोच्चलाई धम्काउन नमिल्ने टिप्पणी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जो मान्छे सत्तामा बसेको छ, त्यो मान्छेले सडक कब्जा गर्न मिल्छ ? प्रधानमन्त्री श्री ३ भैसक्नु भएजस्तो लाग्छ । उहाँ राणा शासनजस्तो गर्दै हुनुहुन्छ । सर्बोच्चले निश्पक्ष फैसला दिनेछ भन्ने आशामा छौ।’
उनले प्रधानमन्त्री सर्बेसर्बा नभएको भन्दै नेकपाको दुवैतिर अतिवाद रहेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीले कसका लागि आन्दोलन गर्ने ? हामीले तिरेको करले प्रधानमन्त्रीले ठाउँ÷ठाउँमा कार्यक्रम गर्न मिल्छ ?’ उनले प्रधानमन्त्री ओलीको अब ज्ञानेद्र जस्तो हालत हुने पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा पनि राखे । उनले भने,‘प्रधानमन्त्रीज्यु तपाईले त्यस्तो बोल्न पाउनुहुन्न र देशको ढुकुटी सक्काएर कार्यक्रम गर्न पाउनुहुन्न।’
FACEBOOK COMMENTS