काठमाडौं, चैत ११ – प्रभु इन्स्योरेन्सले बीमालेख जारी गर्ने, बीमाशुल्क भुक्तानी गर्ने र दाबी भुक्तानी प्रक्रिया अनलाइन मार्फत गर्ने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण कम्पनिले अनलाइन मार्फत सेवा प्रदान गर्ने जनाएको हो ।
कम्पनीले आज सूचना प्रकाशित गर्दै बीमालेख जारी तथा नबीकरणको लागि इमेल मार्फत बीमा प्रस्ताव गर्न र दाबी सम्बन्धी सूचना दिन अनुरोध गरेको छ । बीमा सेवा तथा बीमा दाबीको लागि तथा सो सम्बन्धमा कुनै समस्या भएका कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्न समेत भनेको छ ।
FACEBOOK COMMENTS