![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– सघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ पहुँचबाट टाढा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा १ र मंगला गाउँपालिकामा १ गरी २ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका– ६, पोखरेबगरस्थितबैंकको अन्नपूर्ण शाखा अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालबाट एक समारोहकाबीच उद्घाटन भएको हो ।
त्यसैगरी म्याग्दी जिल्लाकै मंगलागाउँपालिका–२, बाबियाचौरस्थित बैंकको मंगलाशाखा मंगलागाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाबाट उ्घाटन भएको हो ।
FACEBOOK COMMENTS