काठमाडौं, माघ २१ – प्रभु बैंकले चालु आर्थिक बर्षको ६ महिनामा एक अर्ब ८ करोड नाफा कमाएको छ । अघिल्लो बर्ष सोही अवधिमा बैंकको नाफा एक अर्ब ४ करोड रुपैयाँ थियो ।
बैंकले वितरण योग्य मुनाफा एक अर्ब ४ करोड पुग्न सफल भएको छ । बैंकले यो अवधीमा एक खर्ब १५ अर्ब निक्षेप संकलन गरेर ९४ अर्र्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७४.७० प्रतिशत कायम गरेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड पुगेको छ ।
१० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । प्रभुको आधार ब्याजदर ९.४५ प्रतिशत रहँदा स्प्रेड दर ४.८३ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ९.४५ प्रतिशत रहँदा खराब कर्जा ३.१२ प्रतिशत छ । प्रभुको प्रति सेयर आम्दानी २२.१२ प्रतिशत कायम हुँदा प्रति सेयर नेटवर्थ १४७.६१ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS