काठमाडौं, बैशाख ३० – प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड १९ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको चैतसम्म १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा १ करोडले नाफा बढाएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ८ करोड मात्र यस्तो मुनाफा आर्जन गरेको छ।
बैंकको खुद ब्याज आम्दानी २१ करोड ९३ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड पुगेको छ। १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ र सेयरधनी कोषमा ७९ करोड ८१ लाख रुपैयाँ संचित छ ।
यस अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५१।६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११।३१ गुणा, निष्क्रिय कर्जा २।९५ प्रतिशत र बेसरेट ८।९८ प्रतिशत रहेको छ।
FACEBOOK COMMENTS