काठमाण्डौं, २७ मंसिर – प्रभु बैंक लिमिटेडले बरहथवा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा मंसिर २७ देखि सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आप्mनो शाखा संचालनमा ल्याएकोृ हो । बरहथवा शाखा बैकको २००औं शाखा हो । बैंकको बरहथवा शाखा कार्यालयको समुद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका छन् । बैंकको बरहथवामा शाखा कार्यालयको समुद्घाटन गर्दै नगर प्रमुख महतोज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए । साथै, उनले बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरे । समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको बरहथवा शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैकले जनाएको छ । साथै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने हुदाँ यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरहथवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकको दाबी छ ।
FACEBOOK COMMENTS