काठमाडौं, चैत २४ –प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा चयन गरेको हो ।प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । अब बस्ने संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा नियुक्त गर्ने बैंक स्रोतले जानकारी दियो ।कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । कृषि विकास बैंकलाई डिजिटल प्रणालीमा लैजान सिटौलाको मुख्य भूमिका सीइओको रुपमा खेलेका थिए ।
नेपाल राष्ट्र बैंकमा उनले करिब २५ वर्ष काम गरेका छन् । उनले कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् ।राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि सिटौला कृषि विकास बैंकको सीइओमा नियुक्त भएका थिए ।यसबाहेक सिटौलाले कर्जा सूचना केन्द्रको अध्यक्ष तथा,बीमा संस्थान तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा संचालक रुपमा काम गरेका थिए।
FACEBOOK COMMENTS