काठमाडौं, चैत ५ – प्रभु बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच सम्झौता भएको छ ।
काठमाडौँ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सोको संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौँ महानगरपालिकाका तर्फ बाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा मंगलबार एक समारोहकाबीच हस्ताक्षर गरे ।
बैंकको नेपाल भरि २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम रहेको छ ।
FACEBOOK COMMENTS