काठमाण्डौँ — सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
सैनिक कल्याणकारी कोष जंगी अड्डाको तर्फबाट उपरथी ताराध्वज पाण्डे र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत स्नातक वा सो भन्दामाथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।
यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ ।