काठमाण्डौँ – काठमाडौंमा १० लाख रुपैयाँ बराबरको पटाका नष्ट गरीएकोे छ ।
तिहारका लागि भित्र्याइएका करिव १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।
ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही सुरु गरेको छ ।
परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो ।
नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ
FACEBOOK COMMENTS