![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – सरकारको प्राथमिकतामा नपर्दा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्व विहीन बनेको छ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओं) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहीन बनेको हो ।
यसले भूकम्पप्रभावित ३२ जिल्ला जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
गत असार २० गतेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयले प्राधिकरणका निवर्तमान सिइओ भुसाल पदमुक्त भएका हुन् ।
सरकारले हालसम्म नयाँ सिइओ नियुक्त गरेको छैन।
विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्दा भूकम्पपछिको पुनर्निर्माण विस्तारै ओझेलमा पर्न थालेको छ ।
FACEBOOK COMMENTS