काठमाडौं, पुष १६ – नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याका कारण केही ठाउँमा बिजुली गएको र अहिले समस्या समाधान भइसकेको बताएको छ । केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा लोडसेडिङ पुनः सुचारु भएको भन्दै सूचना फैलिएपछि प्राधिकरणले एक विज्ञप्ति निकालेर स्पस्ट जानकारी दिएको हो ।
प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र अन्य संरचना मर्मतको कारणले पनि केहि समय विद्युत कटौती गर्नुपर्ने अवस्था रहेको भन्दै प्राधिकरणले यस्ता समस्या बुझिदिन पनि अनुरोध गरेको छ ।
नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेकाले अब लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS