काठमाडौं, २६ कार्तिक – पछिल्लो समय नेपालमा पनि प्लाज्माथेरापी विधिबाट कोरोना संक्रमितहरुको उपचार भइरहेका छन् । तर प्लाज्मा सहज रूपमा उपलब्ध हुन भने सकिरहेको छैन । संक्रमितको उपचारका लागि प्लाज्माको माग दिन प्रतिदिन बढी रहेको छ ।
प्लाज्माको बढ्दो मागलाई सम्बोधन गर्न र यसको सहज उपलब्ध गराउन युवाको एक समूहले एक वेभसाइट सञ्चालनमा ल्याएका छन् । जसको नाम हो ‘ओपन सोर्स वेभसाइट’ । क्लिक माइण्ड नामक साइटमा प्लाज्मा दिन चाहनेले आफ्नो विस्तृत जानकारी राख्न सक्ने र प्लाज्मा आवश्यक पर्नेले ब्लड ग्रुप मिल्दो मानिससँग सम्पर्क गर्न सक्ने छन् ।
प्लाज्मा चाहिने र दिन चाहनेलाई सम्पर्क गर्न सजिलो होस् भनेर यस्तो वेभसाइट बनाइएको हो । जसबाट सेवा लिए बापत कुनै शुल्क तिर्नु पर्दैन् ।
प्लाज्मा दान गर्न चाहनेले उक्त साइटमा गएर आफूलाई चाहिने ब्लड ग्रुप, स्थान लगायत अन्य विवरणको फर्म भर्नुपर्ने छ भने लिन चाहनेले पनि आफूलाई आवश्यक ब्लड ग्रुप र चाहिने स्थानको विवरण दिनुपर्छ । त्यहीँबाट एडमिन समूहले दुवै पक्षलाई सम्पर्क गराउँछन् ।
FACEBOOK COMMENTS