![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ – फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ बिहीबारदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरू सहभागी रहेको उक्त एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरूको वृहत प्रदर्शनी गरिएको छ ।
नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री वितरण समेत हुने बताइएको छ ।
त्यस्तै प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत दिने व्यवस्था गरिएको छ भने विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ ।
फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ को उद्घाटन गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारलाई स्वदेशी फर्निचर उत्पादनलाई प्रोत्साहन दिन आग्रह गरेका छन् ।
एक्स्पो असोज ८ गतेसम्म चल्नेछ ।
FACEBOOK COMMENTS