![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– अत्यन्त तीब्र गतिको पाचौं पुस्ताको ‘फाइभ जी’ मोबाइल इन्टरनेट सेवा केही देशहरुमा अर्को वर्षसम्म सार्बजनिक हुनेछ ।
यसले इन्टरनेटमा डाउनलोडहरु अहिले भन्दा १० देखि २० गुणा छिटो हुने मानिएको छ ।
यो अर्को पुस्ताको मोबाइल इन्टरनेट सम्पर्क हो, जसले अत्यन्त तीब्र गतिमा डाउनलोड र अपलोड हुने, बढी कभरेज हुने र धेरै स्थीर सम्पर्क दिने बाचा गरेको छ ।
“अहिले हामीले स्मार्टफोनबाट जे जति गर्छौं, ती कामहरु ‘फाइभ जी’ बाट छिटो र राम्रोसँग गर्न सक्षम हुन्छौं,” मोबाइल डाटा एनालिटिक कम्पनीको ओपन सिग्नलकी इयान फगले भने ।
उच्च फ्रिक्वेन्सी ब्याण्ड ९३.५ गिगाहर्जदेखि २६ गिगाहर्ज वा अझ बढी धेरै क्षमता रहेका तर छोटो तरङ्ग–लम्बाइको अर्थ त्यसको ‘रेन्ज’ सानो हुनेछ । यस कारण यसलाई सजिलै भौतिक वस्तुहरुले ब्लक गर्न सक्छ ।
त्यसैले हामीले भावी दिनमा ‘फाइभ जी’ सेवाका लागि स– साना फोनका खम्बाहरु जमिनको नजिक देख्न सक्ने सम्भावना छ । यसले ‘मिलीमिटर वेभ’ उच्च सङ्ख्याको ट्रान्समिटर र रिसिभरमा प्रसारण गर्छन् । यसले उच्च घनत्वको प्रयोगलाई सक्षम बनाउँछ ।
–बीबीसी
FACEBOOK COMMENTS