काठमाण्डौँ — काठमाडौंमा प्याकेजिङ तथा खाद्य प्रशोधन उपकरणसम्बन्धी एक्स्पो ‘प्याकप्रोटेक २०१९’ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको प्रांगणमा फागुन २८ देखि ३० गतेसम्म एक्स्पो हुन लागेको हो।
पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्युट अफ प्याकेजिङ मेसिनरी म्यानुप्याक्चरर्स अफ इन्डिया तथा इआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ तथा यसमा आएका प्रविधिको प्रदर्शन गर्नेछ ।
एक्स्पोमा फ्लेक्जिबल प्याकेजिङ सिस्टम, सेकेन्डरी प्याकेजिङ, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
करिब सयवटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ, प्रिन्टिङ, खाद्य प्रशोधनका उपकरण, एफएमसिजी, फर्मास्युटीकल्स आदिसँग सम्बन्धित कम्पनी र व्यक्तिहरुको उपस्थिति रहनेछ ।
— नागरीक
FACEBOOK COMMENTS