काठमाण्डौँ — सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ ।
अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा काठमाडौँमा सम्मेलन गर्न लागिएको जनाइएको छ ।
आगामी फागुन २ गते सम्मेलन हुने छ ।
सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४०० बढी प्रतिनिधिको सहभागिता रहने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।
सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उहाँले त्यसका लागि प्रदेशमा के के सम्भावना छ भनेर सबै उद्योगमन्त्रीलाई समेत भेला गर्न लागिएको जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS