काठमाडौं । सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संसोधन नियमावली २०७८ संसोधन स्वीकृत गर्दै सो निर्णय गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो । सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जिकिर गरेका छन् । प्रत्येक ४ वर्षमा फिल्म हल नवीकरण गर्नुपर्ने प्रावधान छ ।
FACEBOOK COMMENTS