काठमाडौं, मंसिर ४ – नेपाली बजारमा छापावाल सुनको मूल्य बुधवार पनि बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ७२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार एक सय रुपैयाँले बढेको हो । बुधवार तेजावी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेको छ ।
मंगलवार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधवार एक सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS