काठमाण्डौं— सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ ।
निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ ।
यससँगै अब पेट्रोलको नयाँ मूल्य ११४ रडिजेल रमट्टितेलको १०१ कायम हुने भएको छ ।
निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS