![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– मिस नेवाका प्रतियोगीहरुले फेसियल हाउसको सुन्धारास्थित लक्जरी ब्रान्चमा सौन्दर्य र कला सम्वन्धी अन्तरक्रिया गरेको छ । मिस नेवाःका २० जना सहभागि प्रतियोगीहरू सौन्दर्य र मेकअपका विषयमा फेसियल हाउसका वरिष्ठ सौन्दर्यविद तथा सञ्चालक सुषमा महरासँग अन्तरक्रिया गरेका थिए । महराले सौन्दर्यका विषयमा विदेशी शैलीका आवरणमात्रै नभई आफ्नै संस्कृति झल्काउने मेकअप र हेयर स्टाइल बनाउने तरिकाबारे जानकारी दिइन् । उनले भनिन्, ‘सौन्दर्यप्रतिको सतही बुझाइले जटिल समस्या ल्याउन सक्छ । त्यसैले सुन्दर बन्नुअघि ध्यान पु¥याउनुपर्छ । जथाभावी र जहाँ पायो त्यहीँ गराउनुहुँदैन ।’महराले यसवर्ष धेरैसुन्दर र प्रतिभावान सहभागी भएकाले अन्तिम स्पर्धा रोचक हुने बताइन् ।
नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरूको आत्मविश्वास र व्यक्तित्व विकाससँगै नेवारी संस्कारको महत्व बुझाउने उद्देश्यले १३ वर्षदेखि निरन्तर रूपमा मिस नेवाः को आयोजना हुँदै आएको छ। हरेक पुष महिनामा आयोजना हुने प्रतियोगिता यसपल्ट आयोजक संस्था नेप्लिज फेसनहोमका संस्थापक अध्यक्ष हेमा मानन्धर देशबाहिर रहेकाले जेठमा १२ गते हुन लागेको हो ।
FACEBOOK COMMENTS