भक्तपुर । मानो रोपेर मुरी उब्जाउने, दही चिउरा खानेर धान रोपेर दिवस मनाउने दिन हो असार १५ । रोपाइँ गर्ने व्यक्तिहरू रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर रमनलाई ऊर्जामय बनाउने परम्परा रहेको किसानको भनाइ छ ।
धान दिवस मनाउँदा कृषि क्षेत्रमा टिकिरहन किसानलाई थप हौसला मिल्ने विश्वास गरिएको भक्तपुरका किसान हरि काजी लाखाले बताए । परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसियालीमा भोज स्वरूप दही चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिए ।
उनले माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसियालीमा दही चिउरा खाने गरिएको बताए । संस्कृतिकर्मी धौभडेलले रोपाइँमा सबैलाई भ्याइनभ्याई हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दही चिउरा खाने प्रचलनले महत्व पाएको धारणा व्यक्त गरे ।
उनका अनुसार पहिले माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता हँुदैन, त्यसैले रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । सबैजसो किसानका घरमा गाईभैँसी पालिएको हुन्थ्यो । गाईभैँसीले दिने दूधले गर्दा घर घरमा दही, मही र घिउ खाली नहुने भएकाले यो चलन भएको पनि प्रस्ट पारे । स्वास्थ्यका लागि अब्बल जनस्वास्थ्य तथा पोषणविद् डा.अरुणा उप्रेती दहीले बच्चादेखि बूढाबूढीको स्वास्थ्यका लागि फाइदा पु¥याउने जानकारी दिइन । यो पञ्चअमृतमध्ये एक पर्ने भएको हुनाले यसलाई हामीले स्वास्थ्यका लागि अमृतका रूपमा लिनुपर्ने जानकारी दिइन ।
डा. उप्रेतीका अनुसार दहीलेको लस्टेरोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ र मुटु स्वस्थ बनाई प्रतिरोधी क्षमताको विकासगर्छ । दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइनुका साथै सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइने डा. जितेन्द्र श्रेष्ठ बताउँछन । असार १५ लाई धानको श्रीवृद्धिभन्दा पनि फोटो खिचाउने, रमाइलो गर्ने जस्ता कामले प्रचार पाएकोमा किसान भने चिन्तित छन् ।
भक्तपुरका खेतमा युवकयुवती काम गर्नका लागि नभएर टिकटक बनाउन मङ्गलबार व्यस्त भए । फोटा खिचेर मात्र रोपाइँ राम्रो हुँदैन, बढी धान फल्दैन’, किसान राजुमान महर्जनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS