काठमाडौं, मंसिर २१ – जेडटीईले आफ्नो नयाँ स्मार्टफोन ब्लेड २० प्रो फाइभजी चीनमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनको डिजाइनमा निकै ध्यान दिएको छ ।
फोनको दुवै साइडमा थ्रीडी ग्लासको कभर राखिएको छ । फोनको तौल केवल १६८ ग्राम छ ।
यस्तो छ स्पेसिफिकेसन
जेडटीई ब्लेड प्रो फाइभजीमा ६.४७ इन्चको फ्लेक्जिबल कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ । जसको रेजोलुसन २३४० बाई १०८० पिक्सेल रहेको छ ।
यसमा वाटरड्रप नोच राखिएको छ भने फोनको एस्पेक्ट रेसियो १९ः५ः९ छ । फोनमा स्नापड्रागन ७६५ जी प्रोसेसर प्रयोग गरिएको छ ।
यो फोनमा आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा दुई टीबीसम्म विस्तार गर्न सकिन्छ ।
क्यामेरा
जेडटीई ब्लेड २० प्रोमा आयाताकार हाउसिङ क्यामेरा सेटअप दिइएको छ । यो फोनमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ ।
यस्तै दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा दुई मेगापिक्सेलकै डेप्थ सेन्सर समेत यसमा दिइएको छ । यो फोनले ६० फ्रेम प्रति सेकेण्डमा फोरके भिडियो रेकर्ड गर्न सक्दछ । यसबाहेक फोनको अल्ट्रा वाइड क्यामेरामा इमेज स्टेबलाइजेसनको फिचर समेत दिइएको छ ।
ब्याट्री
जेडटीई ब्लेड २० प्रो फाइभजीमा ४००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जुन क्विक चार्ज फोर प्लस सपोर्टका साथ आउने गर्दछ ।
कनेक्टिभिटीका लागि फोनमा ब्लुटुथ ५.१, यूएसबी ३.१ जस्ता फिचर राखिएका छन् । सेक्युरिटीका लागि फोनमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन केवल ब्लू कलर अप्सनमा मात्र उपलब्ध छ ।
FACEBOOK COMMENTS