काठमाडौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयएको साप्ताहिक पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता(फोरजी) को विस्तार एक वर्षभित्र सकिने बताएका छन् ।
उनले एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिदै उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोरजी विस्तार कार्य शुरु गर्न लागेको छ ।”
“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” मन्त्री बाँस्कोटाले भने ।
विगतमा जस्तै काम गर्ने हो भने अझै २ वर्ष भन्दा वढि लाग्ने भएकाले पहिला भन्दा फरक किसिमबाट रफ्तारमा काम गर्न लागेको बताए ।
FACEBOOK COMMENTS