![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – बेलायती बाइसाइकल उत्पादक कम्पनी हमिङबर्डले फोल्ड गर्न मिल्ने ई–बाइक सार्वजनिक गरेको छ ।
१०.३ किलो तौलको यो बाइक हलुका र आरामदायक छ ।
यसअघि कम्पनीले सन् २०१७ मा करिब सात किलोको फोल्डिङ बाइकलाई बजारमा ल्याएको थियो ।
यो एकपटक चार्जमा तीस किलोमिटरसम्म कुद्न सक्छ ।
हमिङबर्डको अगाडिको पांग्राको ब्यास १८० एमएम र मोटाई १२० एमएम छ । यो मात्र साढे दुई घण्टामै फुल चार्ज हुन्छ ।
यसमा इमर्जेन्सीमा अतिरिक्त ब्याट्री प्याक लिएर जाँदा उपयोगी हुन्छ ।
यसको मोटरमा एउटा सेन्सर छ जसले स्वचालित रूपमा राइडरको आवश्यकता बुझ्छ ।
FACEBOOK COMMENTS