![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
कञ्चनपुर – भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ ।
वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो ।
गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताए ।
उक्त केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले गरेको स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ ।
रासस
FACEBOOK COMMENTS