काठमाडौं – युरोप र अमेरिकामा मन परेको मान्छे संग सेक्स पनि गर्न कुनै बाधक हुनु हुदैन भन्ने नाराका साथ युवाहरु लागि रहेका छन् । तर समाजिक रुपमा यसले विकृति ल्याउने भन्दै सरकारहरु यसको पक्षमा भने छैनन् । अहिले नेपालका पूर्व युवराज पारस पनि फ्रिडम फर सेक्स रेभिलुसनको प्रभाव परेको पाईएको छ । यस अघि जोगिको संगतमा रमाउदै उदास अनुहार लिएर राजतन्त्रको नारा लगाएर हिडनेहरुको पछी पछी हिडने पुर्व युवराज पारस शाह एकाएक रकिङ मुडमा देखिएका छन । सुमन नामको अकाउन्टबाट हालै अपलोड भएको एक भिडियोले उनको रकिङ जीवन शैलीलाई उजागर गरेको छ । उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई आफूलाई राजावादी नभन्न आग्रह गर्दै सबै जना नेपाली भएको जिकिरका साथ आजाद जिवन जिउन दिनु पर्ने तर्क राखेका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ भन्दै उनी वर्षौ अघि किनेर थन्काएर राखेको करोडौं मुल्य पर्ने हार्ली डेभिड सन् बाईकमा हुईकिएको देखिन्छ । बाईकमा उनि एक्ला भने थिएनन् । चर्चित यूट्यूवर सोनिका रोकाया पनि उनको साथमा थिईन । हार्ली राईडरले लगाउने पोसाकमा सजिएका पारस सधै भन्दा फरक र गुड मुडमा देखिन्थे । लामो कपाल, कालो ड्रेस र स्टाईलिस लुक्सले पारस फ्रिडम फर सेक्स रेभिलुसनको हिमायती बनेको छनक दिन्थ्यो ।
FACEBOOK COMMENTS