काठमाडौं, फागुन १७ – नबिल बैंकले बचत गर्न सिकाउने भिडियाे सार्वजनिक गरेकाे छ । सबै किसिमका ग्राहकहरुलाई सुहाउँदो डिपोजिट खाताबारे जानकारी प्रदान गर्नका लागि नबिल बैंकले भिडियो ल्याएको जनाएकाे छ ।
भिडियोमा बच्चैदेखि पैसा बचाउन एउटा भरपर्दो बैंकको साथ भए मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत देखाइएको छ ।
नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।
FACEBOOK COMMENTS