काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।
यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ। जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एण्ड ग्लसी पेव्टर ग्रे रहेको छ। बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।
नयाँ बजाज पल्सर १६० टिडीमा ड्यूल डिस्क ब्रेक दिइएको छ। युवालाई आर्कषीत गर्न पछाडि मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएको जनाएको छ ।
एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ। बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ। यसको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ।