काठमाडौं, जेठ २४ – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘बजेट कार्यान्वयन चुनौती र समाधान’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरूलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले असाधारण सर्मथन पाएको दाबी उनको छ ।
कोभिड प्रभावित नागरिकको जीवनरक्षा बजेटको प्राथमिकता भएको भन्दै उनले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताए । ‘स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका छौं, यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको छ,’ अर्थमन्त्री पौडेलले भने ।
सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उनले कोभिड महामारीले जिवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पुर्याएको असरको समाधान गर्दै पुनः उत्थानका लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
FACEBOOK COMMENTS