काठमाडौं, पुस ६- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले लगाएको करको कारण अझैपनि उद्योगी–व्यवसायी खुसी हुन नसकेको बताएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष श्रेष्ठले सरकारले औद्योगीकरण गर्ने नाममा बढाएको भन्सार र अन्तःशुल्क कर तथा विभिन्न स्थानीय तहहरुले लगाएको करको कारण व्यवसायीलाई असहज भएको गुनासो गरे ।
उनले सरकारले लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम ९भीसीटीएस०, स्थायी लेखा नम्बर ९प्यान० र सामाजिक सुरक्षा कोषले श्रमिकहरुमा अझै असहजता थपिएको दाबी गरे ।
त्यसै गरी महासंघका अध्यक्ष्य भूपेन्द्र गिरीले फर्निचर तथा फर्निसिङ क्षेत्रको सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS