![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– भारतसँगको बढ्दो व्यापार घाटालार्इ कम गर्न नेपालले वाणिज्य सन्धीमै लगानी भित्र्याउने प्रस्ताव गर्ने भएको छ।
उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव रविशंकर सैंजुले व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धीमा पहिलो पटक लगानी प्रस्ताव गर्न लागिएको बताएका छन् ।
भारतसँग ब्यापारवाहेक नेपालमै उनीहरुको लगानीमा उद्योग खोल्न सक्दा त्यसबाट उत्पादकत्व बढ्ने उनको तर्क छ।
भारतीय लगानीमा उत्पादनको क्षेत्रका उद्योगहरु भित्र्याउन सके केहि हदसम्म व्यापारघाट कम गर्न सकिने छ ।
नेपाल भारत वाणिज्य सन्धी संशोधन गर्ने विषयमा छलफलका लागि नेपाली टोली दिल्ली जाँदै छ। बैठकमा नेपालले ब्यापारवाहेक उद्योगमा लगानी गर्न प्रस्ताव गर्न लागेको हो।
सन् २००२ मा ३० प्रतिशत व्यापार घाटा रहेको भारतसँग पछिल्लो तथ्याक अनुसार बढेर ६७ प्रतिशतमा पुगिसकेको छ।
FACEBOOK COMMENTS