काठमाण्डौं — नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुलेको छैन ।
भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो ।
कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको
वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले बताए ।
मलेसियाले विद्यमान संस्था हटाउन चाहेको छैन भने नेपाल सरकार त्यही संस्थाबाट कामदार पठाउन अनिच्छुक छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS