![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ— नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ ।
घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए ।
एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ ।
यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ ।
हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्।
गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS