बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ ।
बच्चनले आफ्नो ट्वीटरमा एक ट्वीट मार्फत आफूलाई कोरोना पोजिटिभ भएको लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावाती अस्पताल भर्ना भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।
‘आज ९शनिबार० साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’
उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमाजोन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।
FACEBOOK COMMENTS