काठमाडौं, पुस ११ – देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । युरोपेली वायुका कारण देशैभरिको तामक्रम न्यून भएको छ। तराईमा दोहोरिएको बाक्लो हुस्सु र शीतलहरले फेरि जनजीवन प्रत्यक्ष प्रभावित बन्न थालेको छ।
हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिने वायुले बाक्लो हुस्सु र शीतलहरको प्रभाव दोहोर्याएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।
तराईको मौसममा तत्काल सुधार आउने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चितवनदेखि पश्चिमतर्फका तराईका भेगमा बाक्लो हुस्सुको प्रभाव बढ्दो क्रममा रहेको बताउँदै महाशाखाकी मौससविद् मञ्जु बासीले भनीन् – ‘तत्काल तराईको मौसम खुल्ने मौसमी प्रणाली विकास भएको छैन।’
काठमाडौँ उपत्यकामा बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।
आज (शुक्रबार) बिहान पनि काठमाडौँ उपत्याकाको न्यूनतम तापक्रम १।५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।
त्यसै गरी जिरीमा माइनस ३ दशमलव ५, डडेलधुरामा १ दशमलव ७, वीरेन्द्रगरमा २, लुम्लेमा २ दशमलव ५, दिपायल र ओखलढुंगामा समान ३ दशमलव ५ डिग्री रेकर्ड भएको महाशाखाले बताएको छ।
FACEBOOK COMMENTS