काठमाडौं, ४ वैशाख – कोरोनाको दोस्रो लहरसँगै बागमती प्रदेशमा पनि संक्रमित दैनिकजसो बढिरहेका छन् । शनिबार मात्रै बागमती प्रदेशमा ६ सय ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, ४ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टा ४ हजार ३७२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले जानकारी दिएका छन् ।
बागमती प्रदेशमा ४१५ वटा आइसियू बेड रहेका छन् भने हाल २४ जना संक्रमित उपचाररत छन् । यस्तै, १६० भेन्टिलेटर शय्यामध्ये १३ जनाको उपचार भइरहेको छ । यो प्रदेशमा हालसम्म १३ लाख ७४ हजार २९१ जनाको परीक्षण भइसकेको छ भने १ लाख ५६ हजार २५२ जनामा कोरोना देखिएको छ । यस्तै, हाल प्रदेशमा २ हजार ६१ जना अर्थात् १ दशमलव ४१ प्रतिशत सक्रिय संक्रमित छन् । १ लाख ५३ हजार कोरोना संक्रमित निको भएका छन् भने १ हजार ४४ जनाको मृत्यु भएको छ । जुन संक्रमितको ० दशमलव ६७ प्रतिशत हो ।
FACEBOOK COMMENTS