काठमाडौं, ९ फागुन- बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । घरेलु मैदानमा बायर्नले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता लिएको थियो । उनले फिलिप कोस्टिकको पासमा गोल गरेका थिए ।
३१औं मिनेटमा दाइची कामदाको पासमा एमिन युनेसले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ५३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल गर्न नसक्दा बायर्न २–१ ले स्तब्ध बन्न पुग्यो ।
यो हारसँगै बायर्न २२ खेलबाट ४९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । फ्रान्कफुर्ट ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
अर्काे खेलमा डर्टमुन्डले साल्केलाई ४–० ले पराजित गर्दा एर्लिङ ब्राउट हालान्डले दुई तथा जाडो सान्चो र राफयल गुरेइरोले समान एक गोल गरे ।
यो जितसँगै डर्टमुन्ड २२ खेलबाट ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित साल्के ९ अंक जोडेर पुछारमा रहेको छ ।
FACEBOOK COMMENTS