काठमाण्डौँ — गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।
अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्पलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो ।
यसअघि स्टान्डर्ड नापतौल ऐन २०२५ अनुसार कम परिमाणमा इन्धन बेच्ने पम्पलाई १ हजार रुपैयाँ जरिवाना थियो ।
उक्त स्टोरले वितरण गर्दा ४ सय मिलिलिटर घटी डिजेल वितरण गरेको पाइएको थियो ।
त्यसपश्चात इन्धन आपूर्ति बन्द गरी छानबिनको दायरामा रहेको विजय पम्पलाई क्षेत्रीय कार्यालयले कारबाही गरेको व्यहोरा विभागमा पठाएको हो ।
क्षेत्रीय कार्यालय प्रमुख शशि यादवका अनुसार स्टोरका सञ्चालक देवीलाई ३५ दिनभित्र पुनरावेदनको लागि म्याद छ । .
— कान्तिपुर
FACEBOOK COMMENTS