काठमाडौं, मङ्सिर ११ – नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ।
वि.सं. २०६७ सालमा सञ्चालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ। उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका हुन्।
उक्त समारोहमा नेपाल एसबीआई बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत श्री छविराज पन्त, बिर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति थियो।
FACEBOOK COMMENTS