काठमाडौं, २ फागुन- बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।मगर र बस्नेतले बेबारिसे शवलाई जलाउने गर्दै आएका थिए ।बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,’ एसएसपी सिंहले भने,’पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए । उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ .
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । विभिन्न यूट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै उनले सपनाका तस्वीरहरु सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।
FACEBOOK COMMENTS