![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं–नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडले बिहीबार देखि आफ्नो आफ्ने सेवा सुरु गरेको छ ।
कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वी कृति प्राप्त गरे पश्चात् बिहीबारबाट कम्पनीको कर्पोरेट कार्यालय सिटिसि मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको हो ।
कम्पनीका अध्यक्ष बिनोद बिष्टले सबै संस्थापक सेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पुँजी बृद्धि गरिएको इन्स्योरेन्सले जनाएको छ ।
नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको छ ।
हाल कम्पनीको संस्थापक सेयरधनी समुहमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् भने यस कम्पनीको प्रथम संचालक समितिको अध्यक्षमा बिनोदप्रसाद बिष्ट, संचालकमा मिनबहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ, सागर गुरुङ्ग रहेका छन् ।।
FACEBOOK COMMENTS