काठमाडौं, माघ २०- बीमा समितिको अध्यक्षमा सूर्यप्रसाल सिलवाल नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई आगामी ४ वर्षको लागि समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी २०७० चैतदेखि २०७२ मंसिरसम्म गृहसचिवको भूमिकामा थिए । योसँगै बीमा समितिमा एक महिनादेखि रिक्त रहेको अध्यक्षको पदपूर्ति भएको छ ।
FACEBOOK COMMENTS