![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
बुटवल- रुपन्देहीको बुटवलमा असोज दोस्रो साता औद्योगिक प्रर्दशनी हुने भएको छ । उद्योग व्यापार संघ, बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रीय कार्यालय, काठमाडौंको आयोजना र जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको सह–आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधीकरण नारा दिइएको प्रदर्शनी असोज १९ गतेबाट २८ गतेसम्म रामनगर बुटवलमा हुने आयोजकले जनाएका छन् ।
उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष प्रविनबहादुर पाठकले साना व्यवसायी र उद्योगीहरुका सामानहरुको प्रदर्शन गर्न र उपभोक्तालाई दैनिक उपभोग्य वस्तहरु सस्तो मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको जानकारी दिए ।
प्रदर्शनीबाट १५ देखि २० करोडसम्मको कारोबार गर्ने र ३ लाख दर्शक भित्राउने लक्ष्य आयोजकको छ ।
FACEBOOK COMMENTS