![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – पूर्व–पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ ।
चार खण्डमा विभागजन गरेर दुई चिनियाँ कम्पनीले तयार गरेको डीपीआरको मस्यौदा रेल विभागमा आइपुगेको छ ।
विभागले आवश्यक अध्ययन गरेर यसलाई स्वीकृत गरेपछि डीपीआर फाइनल प्रतिवेदन हुने महानिर्देशक अनन्त आचार्यले बताए ।
पूर्वी नेपालमा झण्डै ३० किलोमिटर खण्डमा रेलमार्ग निर्माणको काम भइरहँदा बुटवलबाट गड्डाचौकीसम्मको रेल्वे खण्डको डीपीआर निर्माणको लागि अध्ययन सकिएको हो ।
FACEBOOK COMMENTS