काठमाण्डौँ — बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्र मध्ये मुख्य बजार क्षेत्र मानिएको आरुघाट, खहरे र आर्खेतको मुआब्जा तोकिएको छैन।
धादिङतर्फ खहरे, गोरखा तर्फ आर्खेत र दुबै जिल्लाको सीमानामा रहेको ९ठुलो बजार० आरुघाटको मुआब्जा तोक्न माग गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सांसद, उर्जामन्त्री, प्रधानमन्त्री सबैलाई भेटिसके।
दुई वर्ष यता आरुघाटका केही अगुवाहरुको काम नै आरुघाटको मुआब्जा छिटो निर्धारण गरिदिनुपयो भनेर गाउँ, जिल्ला हुँदै सिंहदरबार धाउँदैमा बितेको छ।
स्थानीय हतारिएका छन् तर जसले मुआब्जा तोक्नुपर्ने हो उनीहरु आलटालमै समय बिताइरहेका छन्।
दुबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मुआब्जा निर्धारण समिति छ।
समितिले मुआब्जा निर्धारण गर्ने हो तर बजार क्षेत्र बाहेकको मुआब्जा २०७२र७३ मा निर्धारण भएपनि बजार क्षेत्रको हुन सकेन।
तत्कालिन गोरखाका प्रजिअ नारायण भट्टपछि तीन जना प्रजिअ फेरिए तर आरुघाटको मुआब्जा तोकिएको छैन।
साविकको २७ मध्ये १४ गाविस गोरखातर्फ प्रभावित हुनेछ। मुआब्जा तोकिएका अधिकांस गाविसको वितरण अन्तिम चरणमा छ।
— नागरीक
FACEBOOK COMMENTS