काठमाडौँ – बुद्ध एअरले बैशाख देखी अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।
बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी दिएका हुन् ।
नयाँ वर्ष २०७६ को बैशाख २ गतेदेखि साताको ३ उडान सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने उनले बताए ।
अन्तराष्ट्रिय उडानको सरदर ६५ देखि ७० प्रतिशत यात्रुहरु नेपाली कामदारले ओगट्ने गरेको छ, त्यसकारण प्रतिष्पर्धा गर्न गाह्रो रहेको प्रबन्ध निर्देशक बस्नेतले बताए ।
अहिलेको अन्तर्राष्ट्रिय उडान बैदेशिक रोजगारीलाई लक्ष्य गरेर स्थापित भएको छ, तीसँग प्रतिपष्र्धा गर्न गाह्रो छ, किनकी ती संसारमा स्थापित वायुसेवाहरु मध्ये पर्दछ । प्रबन्ध निर्देशक बस्नेतले भने–त्यसकारण हामीले आफ्नो उडानको यात्रु पर्यटकले भर्ने रणनीति लिएका छौं ।
यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा बिमानहरुबाट उडान शुरु गर्ने बुद्ध एअरको योजना रहेको पत्रकार सम्मेलनमा बताएको छ ।
कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतले पत्रकार सम्मेलनमा बताए ।
FACEBOOK COMMENTS