![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ – बिमस्टेक सम्मेलनको क्रममा आउने बुधबार, बिहीबार र शुक्रबार काठमाण्डौ उपत्यकाभित्र सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार बिमस्टेक सम्मेलनमा नेपाल आउने सदस्य राष्टका प्रमुखहरुको आवागमनलाई सहज बनाउन जोरविजोर प्रणाली लागू गर्ने भएको हो ।
जसअनुसार बुधबार र शुक्रबार उपत्यकाभित्र विजोर नम्बरका सवारी मात्र कुदाउन पाइनेछ । बिहीबार भने जोर नम्बरका सवारी गुडाउन पाइनेछ ।
यी तीन दिन सबै खालका निजी र भाडाका सवारी साधनमा यो प्रणाली लागू हुने छ । कसैले अटेर गरि गाडि चलाए जरिवाना तिर्नु पर्ने छ ।
FACEBOOK COMMENTS