काठमाडौं,माघ २८- बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइृकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ ।
केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।
त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल १८०एस को उत्कृष्ट डिजाइनका साथ उद्घाटन हुने भएको छ । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गर्दै एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।
आज २८ गते बेनेलीले “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरिएको छ । जुन यसको विभिन्न शोरुमहरु काठमाण्डौं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । जति सहभागी चालकहरुले मोटरसाइकल चढेर परीक्षण गर्नुहुन्छ उनीहरुले आकर्षक उपहार पनि जित्न सक्ने छन् ।
FACEBOOK COMMENTS